७ कार्तिक २०८३, शनिबार

खोलाले बगाएर दुई जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Badhi-sudoorpaschimइलाम, १६ असार । गएराति परेको अबिरल वर्षासँगै खोलामा आएको बाढीले बगाएर इलाममा एकको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् ।

झापाको दमक जाने क्रममा आज बिहान रतुवा खोलामा आएको बाढीले बगाएर चुलाचुली–६ का ४८ वर्षीय सूर्यकुमार राईको मृत्यु भएको हो ।

त्यस्तै माइखोलामा आएको बाढीले बगाएर महमाई–९ का ५३ वर्षीय फूर्वा शेर्पालाई पनि बगाएको छ ।

शेर्पाको शव भेटिएको छ भने राईको अवस्था अझै थाह हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर पौडेलले जानकारी दिनुभयो । शेर्पाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने प्रहरीले जनाएको छ । अबिरल वर्षात्का कारण यहाँका खोलाखोल्सीमा पानीको बहाव अत्यन्तै बढेको छ । रासस