३० आश्विन २०८३, शुक्रबार

शाहरुख र सलमानबीच फेरि भिड्न्त ! कसले बाजी मार्ला ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salman-srkमुम्बई । बलिउड स्टार शाहरुख खान र सलमान खानबीच आउँदो इदमा ठूलो भीडन्त हुने भएको छ ।

शाहरुखको फिल्म रईस र सलमानको सुल्तान आउँदो वर्षको इदमा भीड्न लागेका हुन् । यो भीडन्तले सलमान र शाहरुखबीचको दोस्ती पुन दुश्मनीमा परिणत हुने चर्चा बलिउडमा हुन थालेको छ ।

यद्यपी शाहरुखले यसबारेमा भनेका छन् कि फिल्म एकै मितिमा रिलिज भएपनि हाम्रो मित्रता टुट्दैन् । उनले आफ्नो फिल्म इदमा रिलिज हुने बताए । सलमानको फिल्म यसअघि नै इदमा रिलिज हुने पक्का भइसकेको थियो । त्यसो त हरेक बर्षको इदमा सलमानको फिल्म आउने गरेका छन ।

यसबाट सलमान र शाहरुखको सम्बन्ध फेरी बिग्रन सक्ने हल्ला चल्न थालेको छ । यसअघि पनि फिल्म एकअपासमा भिड्दा यी दुईले एक अर्कालाई आलोचना गर्ने गरेका थिए ।

पहिला पनि सलमान र शाहरुख खानको दोस्ती धेरै टिक्न सकेको थिएन् । अहिले पनि फिल्मको भीडन्तमा दुबै नभीड्लान भन्न सकिन्न् । भारतीय सञ्चारमाध्यमका अनुसार दुबैको फिल्म रिलिज हुने भएपछि दर्शकहरु पनि अलमलमा पर्नेछन् । जसका कारण दुबैको फिल्मले अपेक्षित व्यापार गर्ने सम्भावना कम रहेको बताईन्छ । यद्यपी दुबैको फिल्मले बाजी मार्ने आकलन गरिएको छ ।  एजेन्सी