७ कार्तिक २०८३, शनिबार

लाखौँ मूल्य पर्ने ए–क्सरे मेसिन प्रयोगविहीन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

x-rayभीमदत्तनगर, १६ असार । सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरामा भिडियो ए–क्सरे मेसिन प्रयोगविहीन बनेको छ । दक्ष जनशक्ति नहुँदा लाखौँ मूल्य पर्ने उक्त मेसिन प्रयोगविहीन बनेको हो ।

दैनिक २० देखि ३० जनासम्म हाडजोर्नीसम्बन्धी समस्या लिएर अस्पतालमा आउने गरेको भए पनि दक्ष जनशक्ति अभावमा मेसिन सञ्चालन नहुँदा बिरामीले तराईका जिल्लातिर आउनुपर्ने बाध्यता रहेको छ ।

सामान्य समस्याबाहेक अन्य बिरामीलाई उपचारका लागि बाहिर सिफारिस गरिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष गुप्ताले बताउनुभयो । उहाँका अनुसार दक्ष जनशक्तिको लागि विभागमा पटकपटक पत्राचार भए पनि सुनुवाइ भने हुन सकेको छैन ।

सुदूरपश्चिमको सात पहाडी जिल्लाको प्रमुख स्वास्थ्यउपचार स्थल उपक्षेत्रीय अस्पतालमा भिडियो ए–क्सरे प्रयोगविहीन बन्दा यहाँका बिरामीले सामान्य उपचारका लागि पनि अन्यत्र जानुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो छ । रासस