४ कार्तिक २०८३, बुधबार

संविधान बन्न नदिन राष्ट्रपतिको यस्तो षडयन्त्र ! प्रचण्डले गरे खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rambaran-Yadav-and-Prachandकाठमाडौं, १६ असार । सर्वोच्चका एक जना न्यायाधीशले १६ बुँदे सहमति कार्यान्वयन नगर्न आदेश गरेलगत्तै उनैको धनुषा जिल्लाका राष्ट्रपति रामवरण यादवले आफूलाई बोलाएर अदालतको आदेशविपरीत संविधान प्रमाणिकरण कसरी गर्ने भन्नुमा षड्यन्त्र रहेको प्रचण्डले बताएका छन् ।

सोमबार साँझ संविधानसभामा संविधान मस्यौदा समितिमा रहेका सदस्यसहित आफ्ना पार्टी पदाधिकारी समक्ष उनले राष्ट्रपति यादवले त्यसयता लगातार संविधान बन्न नदिन लबिङ गरिरहेको सूचना पाएको बताएका हुन् ।

‘यादवले पर्दाभित्र बसेर षड्यन्त्र गर्नु र उनका सल्लाहाकार खुलेआम मैदानमै उत्रेर १६ बुँदे सहमति विरुद्ध लाग्नुले शीतल निवास, चुपचाप बसेको छैन र बस्दैन भन्ने देखिन्छ,’ प्रचण्डको भनाई थियो ।

उनले राष्ट्रपति यादवका प्रतिनिधिले आफूलाई अर्को चुनाव नभएसम्म राष्ट्रपति, उपराष्ट्रपति कायमै राख्न जोड गर्नु राष्ट्रपति यादवले संविधान प्रमाणिकरण गर्दिन भन्नु कांग्रेसको संस्थापन पक्ष विवाद बढाएर समय लम्ब्याउन चाहनु तथा कांग्रेस समर्थक न्यायाधीशबाट १६ बुँदे कार्यान्वयन नगर भनिनु ठूलै षड्यन्त्रभित्रकै तानावाना भएको आशंका व्यक्त गरेका थिए ।

उनले अमरेश सिंह र खुफिया एजेन्टले आफू र बाबुरामलाई आएर १६ बुँदेमा नफस्न बारम्बार धम्कीपूर्ण भाषा बोलिरहेको समेत जानकारी गराए ।

यी सबैको बाबजुद १६ बुँदे कार्यान्वयन गराउन आफ्नो तर्फबाट सम्पूर्ण ढंगले लागिपर्ने र सारा षड्यन्त्रको भण्डाफोर गर्ने प्रचण्डको भनाई थियो । आजको जनआस्था साप्ताहिकमा खबर छ ।