४ कार्तिक २०८३, बुधबार

डब्लुएफपीलाई कारबाही गर्न परराष्ट्रले रोक्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

wfp_blueकाठमाडौं, १६ असार । कृषि मन्त्रालयले भूकम्प पीडितलाई कुहिएको चामल बाँडेको आरोप लगाउँदै विश्व खाद्य संगठन डब्लुएफपीमाथि कारबाही गर्न भनी संयुक्त राष्ट्र संघ पठाएको पत्र परराष्ट्र मन्त्रालयले अघि नबढाउने भएको छ ।

बाहिर आएजस्तो डब्लुएफपीले कुहिएको चामल वितरण नगरेको निक्र्यौल निकाल्दै परराष्ट्रले कारबाहीसम्बन्धी पत्र अघि नबढाउने निष्कर्षमा पुगेको नागरिक दैनिकले समाचार छापेको छ ।

हामीले गृहसँगपनि रिर्पोट माग्यौ, उसले दिन सकेन । सम्बन्धित जिल्ला प्रसाशन कार्यालयलाई पनि सोध्यौं, मिडियामा आएजस्तो होइन भन्ने जवाफ आयो । हचुवाको भरमा पत्र अघि बढाउनु हुँदैन, परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।