४ कार्तिक २०८३, बुधबार

मन्त्रिपरिषदको समितिले किन टेरेन प्रधानमन्त्रीलाई ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-koiralaकाठमाडौं, १६ असार । म राज्यका दुई सुरक्षा संगठनबीच द्धन्द्ध बढ्ने गरी कुनै निर्णय गर्दिन, तपाईँहरु ढुक्क हुनुस् ।

प्रधानमन्त्री सुशील कोइरालाले सोमबार बिहान ९ बजे पूर्वप्रहरीमहानिरिक्षकहरुका चासो सुनिसकेपछि यस्तो बचान दिएका थिए ।

अर्धसैनिक संरचनाको सशस्त्र प्रहरी बलको प्रस्तावित नियमावलीमा पक्राउ पुर्जी दिने अधिकार राखिएको बारे सुरक्षा प्रमुखको जिम्मेवारी सम्हालिसकेका सुरक्षाविज्ञ टोलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए, यस्तो व्यवस्थाले दुई सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच अधिकार क्षेत्रको विवाद बढ्छ, सुरक्षा क्षेत्र नै प्रभावित हुन्छ ।

प्रधानमन्त्रीको आश्वासन भने १२ घन्टा पनि टिक्न सकेन । मन्त्रिपरिषद्कै एक समितिले सोमबार बेलुकै उल्ट्याइदिएको समाचार नागरिक दैनिकले छापेको छ ।

मन्त्रिपरिषदको विधेयक समितिले प्रस्तावित नियमावलीमा भाषा मात्र फेरेर फत्राउ पुर्जीकोअधिकारसहितै पारित गरेको छ ।