७ कार्तिक २०८३, शनिबार

काठमाडौंको ‘रेड एरिया’ रत्नपार्क फेरि खुला !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ratnapark-redlite-areaकाठमाडौं, १५ असार । काठमाडौंको ‘रेड एरिया’ भनेर चिनिने रत्नपार्क सर्वसाधारणका लागि आजबाट खुला गरिएको छ ।

काठमाडौँ महानगरपालिकाले रत्नपार्क सर्वसाधारणका लागि आजदेखि पुनः खुला गरेको हो ।

निर्माणका लागि भन्दै सो उद्यान एक वर्षअघि बन्द गरिएको थियो । औपचारिक रुपमा सर्वसाधारणका लागि सःशुल्क प्रवेश खुला गरिएको सो उद्यानमा अब बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म रमाउन सक्नेछन् । रत्नपार्क शान्त हरियाली र फूल बगैँचाले सजिएको छ । अब रत्नपार्क प्रवेश गर्न प्रतिव्यक्तिले रु २५ प्रवेश शुल्क तिर्नुपर्नेछ ।

उपप्रधानमन्त्री प्रकाशमान सिंहले उद्यानभित्र रहेको पोखरीमा माछाका भुरा राखी उद्यान शुभारम्भ गर्नुभयो । स्थानीय विकासमन्त्री सिंहले महानगरको स्वामित्वमा रहेका सार्वजनिक सम्पत्तिको सुरक्षा गरी सर्वसाधारणले ती सम्पदाको उपयोग गर्ने सक्ने वातावरण तयार गर्न महानगरपालिकाका कर्मचारीलाई निर्देशन दिनुभयो ।

स्थानीय विकास सचिव सोमलाल सुवेदीले मुलुकको नवनिर्माणका क्रममा भौतिक संरचनासँगै उद्यान व्यवस्थापनको दिगो कार्य योजना ल्याउन लागिएको जानकारी दिनुभयो ।

महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले आगामी दिनमा उद्यानलाई व्यवस्थित बनाउन गुनासा सुन्ने एकाइको स्थापना गरिने जानकारी दिँदै रत्नपार्क जस्तै महानगर क्षेत्रभित्रका अन्य उद्यान पनि सञ्चालनमा ल्याइने बताउनुभयो ।