३० आश्विन २०८३, शुक्रबार

सुनचाँदीको भाउ घट्यो, तोलाको कति पुग्यो ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goldकाठमाडौं, १५ असार । भूकम्पपछि सुनको भाउमा निरन्तर गिरावट आएको छ । मंगलबार छापावाल सुन तोलाको ५१ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

मंगलबार सुनको भाउ तीन सय रुपैयाँले घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य भने ५१ हजार १ सय ५० रुपैयाँमा पुगेको छ । सोमबार छापावाल सुन तोलाको ५१ हजार ७ सय र तेजाबी सुन तोलाको ५१ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउमा पनि गिरावट आएको छ । चाँदी प्रति तोलामा ५ रुपैयाँ घटेर मंगलबार ६ सय ८५ रुपैयाँमा  कारोवार भैरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य प्रति तोला ६ सय ९० रुपैयाँ थियो ।