काठमाडौं, १५ असार । फ्लोरिकल्चर एशोसिएशन नेपाल चितवन शाखाका अध्यक्ष प्रकाश पन्त राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका छन् ।
धान दिवसको अबसर पार्दै नार्कको भबनमा सम्पन्न कार्यक्रममा नगद १ लाख सहित कृषि मन्त्री हरि प्रसाद पराजुलीले पन्तलाई पुरस्कृत गरेका हुन् । नेपालकै धेरै क्षेत्रफलमा कटफ्लावर ब्यबशाय गरेका पन्तले २०५६ सालबाट १० कट्ठा जग्गाबाट पुष्प खेती शुरु गरेका हुन् ।
अहिले २० बिगाह भन्दा बढी जग्गामा पुष्प ब्यबशाय गर्दै आएका पन्तले गुलाव, जर्बेरा लगायतका कट फ्लावरको उत्पादन गर्दै आईरहेका छन् । ३ करोड रुपैयाँ लगानी रहेको उनको एब्लम फ्लोरा फार्मबाट बार्षिक ४० लाख आम्दानी भइरहेको छ भने बार्षिक १५ सय जना भन्दा बढीले रोजगारी पाइरहेका छन् ।
उनले पुष्प ब्यशायको अलावा मेवा तथा उन्नत जातका आलुको बिउ पनि उत्पादन गरिरहेका छन् । राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट ५ जना सम्मानित भएकोमा पुष्प ब्यबशायी पनि परेकोमा फ्लोरिकल्चर एशोसिएशन हर्षित बनेको बताउँदै फ्यानका अध्यक्ष लोकनाथ गैरेले पुरै पुष्प ब्यशाय सम्मानित बनेको बताए ।
आफूले पुरस्कार पाउने आशमा पुष्प खेती नगरेको बताउँदै पुरस्कृत पन्तले बरु आयात प्रतिस्थापन गर्न कट फ्लावर खेतीमा लागेको बताए । यो सम्मानबाट म लगायत पुष्प ब्यबशायमा लाग्ने सबैलाई हौसला बढेको बताए ।
















प्रतिक्रिया