सिरहा, १५ असार । सिरहामा एक यात्रुबाहक बस पल्टिएर दुर्घटनामा परेको छ ।
सिरहाको मिर्चैया नगरपालिका ७ मा आज यात्रुबाहक बस पल्टिँएर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
कटारीबाट आउँदै गरेको ना३ख २२५७ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा १३ जना घाइते भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइतेहरुको स्वास्थ्य अवस्था खतरामुक्त छ । घाइते सबैको उपचार मिर्चैयास्थित रेखा नर्सिङ होममा भइरहेको छ । फरार बस चालकको खोजी भइरहेको छ ।















प्रतिक्रिया