७ कार्तिक २०८३, शनिबार

संविधानसभाको बैठक फेरि सर्‍यो, साँझ ६ बजे बस्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan-sabha-vwanकाठमाडौँ, १५ असार । संविधानसभाको बैठक फेरि सरेको छ । दिउँसो २ बजे बस्ने भनिएको संविधानसभाको बैठक साँझ ६ बजेका लागि सारिएको हो ।

संविधान मस्यौदा समितिले तयार पारेको एकीकृत मस्यौदामा बाँकी रहेका विवादित विषयमा मोटामोटी सहमति जुटेको भए पनि आवश्यक तयारी पूरा नभएका कारण बैठक सारिएको बताइएको छ ।

सोमबार मध्यराति बैठक बसेर अर्को बैठक आज दिउँसो २ बजेका लागि तय गरिएको थियो ।

विभिन्न तयारी गर्न समय लागेका कारण संविधानसभाको बैठक सारिएको संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुईंकेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार संविधानसभाको बैठक सारिए पनि आजै दिउँसो ३ बजेका लागि तय गरिएको व्यवस्थापिका–संसद्को बैठक भने यथावत् छ । केही विवादित विषयको टुङ्गो लाग्न अझै बाँकी रहेको भन्दै प्रमुख राजनीतिक दलका शीर्ष नेता छलफलमा जुटिरहनुभएको बताइएको छ ।