७ कार्तिक २०८३, शनिबार

भूकम्पबाट काठमाडौंमा थप एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-nepalकाठमाडौँ, १५ असार । विनाशकारी भूकम्पबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ ।

गत बैशाख १२ गते गएको भूकम्पबाट काठमाडौंको टोखा नगरपालिका–१३ स्थित रामकृष्ण फुयालको ८ तले घर भत्किदा हराएका व्यक्तिको शव सोमबार फेला परेको हो ।

८ तले घरमा रहेको हिटलन होटलको भग्नाबेष पन्छाउने क्रममा सोमबार नुवाकोट खानीगाउँ–४ घर भएका ३६ बर्षीय रामकुमार लामिछानेको शव फेला परेको प्रहरीले जनाएको छ ।

यो सँगै भूकम्पबाट मर्नेको संख्या ९ हजार पुगिसकेको गृह मन्त्रालयले जनाएको छ ।