४ कार्तिक २०८३, बुधबार

लमजुमा महिलामाथि दुर्व्यवहार गरी कुटपिट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kutpitलमजुङ–जातीय विभेदलाई सामाजिकरुपले अमानवीय र छुवाछुत तथा भेदभाव कानुनीरुपले दण्डनीय भनिए पनि दलित भएकै हुनाले एक वृद्ध कुटिएका छन् भने महिला माथि दुर्व्यवहार भएको छ।

नाल्मा गाविस–१ ज्यारखाङ गाउँका ७९ वर्षीय काले कामीलाई स्थानीय अन्दाजी २७ वर्षीय हिरा घलेले कुटपिट गरी घाइते बनाएका छन्। खेतमा काम गरिरहेका वृद्धालाई पानीको निहुँमा जातीय रुपमा अपमानित शब्द प्रयोग गर्दै कोदालोले टाउकोमा हानेर घाइते बनाएका पीडित वृद्धले बताए। ‘तल्लोजात भएर हामीले भनेको मान्दैनस्’ भन्दै अन्दाजी ५६ वर्षीय कृष्णबहादुर गुरुङले कुटपिट गर्न घलेलाई उक्साएको उनले दाबी गरे। उनको खेतबाट पानी लगेर गुरुङले खेत रोप्ने तयारी गरेकोमा पहिला खेत भिजाएर आफूँले जोत्ने र पानी छाडी दिन्छु भनेपछि गुरुङले जर्बजस्ती आफूलाई पहिला पानी दिनु पर्ने भन्दै वृद्धमाथि जाइलागेका पीडितले बताए।

युवाले टाउकोमा हिर्काउनुको साथै खुट्टाले हान्दै खेतको २/३ कान्लाबाट फालिदिए पछि वृद्धको घाँटी र शरिरमा जताजतै दुखेको उनले बताए। कुटिए पछि पीडित कामीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्। घटनाका दोषीलाई कार्यालयमा झिकाईएको र दुवै पक्षलाई राखेर वास्तविकता बुझी कारवाही अघि बढाउने प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए।

त्यस्तै, धारोमा पानी भर्ने क्रममा आफ्नो गाग्री छोएको भन्दै सुर्यपाल गाविस ४ हटियाकी राममाया श्रेष्ठले कमला नेपाली माथि दुर्व्यवहार गरेकी छन्। राममायाले सानोजात भएर पनि गाग्री छोएको भन्दै अपमानजनक र अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको पीडित नेपालीले बताइन्। उनले पटक–पटक दलित भनेर होच्याउँदै दुर्व्यवहार गर्दै आएको बताउँदै उनीमाथि कारवाहीका लागि सोतीपसल प्रहरी चौकीमा निवेदन दिएकी छन्। पीडितको उजुरीको आधारमा राममायालाई प्रहरीमा झिकाएको प्रहरी सहायक निरीक्षक गणेशसिंह साउदले बताए। आजको नागरिक दैनिकमा समाचार छ ।