३० आश्विन २०८३, शुक्रबार

पाल्पामा डेढ एक करोडको छात्रवृत्ति वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisa-Moneyपाल्पा, १५ असार । जिल्ला शिक्षा कार्यालयले यस शैक्षिकसत्रमा करिब रु एक करोड ७४ लाख छात्रवृत्ति वितरण गरेको छ ।

प्रावि अपाङ्ग छात्रवृत्ति रु १९ लाख ८६ हजार, दलित छात्रवृत्ति रु २७ लाख ७७ हजार ७३६, छात्रा छात्रवृत्ति रु ७१ लाख ६३ हजार, द्वन्द्वपीडित छात्रवृत्ति रु एक लाख २२ हजार छात्रवृत्ति वितरण गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

जिशिका अनुसार फिडर छात्राबास छात्रवृत्ति रु ६ लाख, नमुना विद्यालयको छात्रवृत्ति रु १८ लाख ६० हजार, माध्यमिक तहका जेहेन्दार छात्रवृत्ति रु २३ लाख ४२ हजार, माध्यमिक तहका जेहेन्दार छात्रवृत्ति रु तीन लाख ६४ हजार, मावि अपाङ्ग छात्रवृत्ति रु दुई लाख ३५ हजार वितरण गरेको जिशिकाका लेखा अधिकृत दिवाकरण अर्यालले जानकारी दिनुभयो ।

जिल्ला शिक्षा कार्यालयमा १७ हजार लोपोन्मुख छात्रवृत्ति मन्त्रालयबाट अझै निकासी हुन सकेको छैन । छात्रवृत्तिले विद्यार्थीलाई अध्ययनका लागि थप प्रोत्साहन मिलेको अर्यालको भनाइ छ । रासस