१ कार्तिक २०८३, शनिबार

मध्यराति नेपालमा लगातार दुई भूकम्प, काठमाडौं नै हल्लियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-earthquakeकाठमाडौं, १४ असार । नेपालमा सोमबार मध्यराति भूकम्पका दुई वटा धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रंका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भएर पाँच मिनेटको फरकमा गएका दुई वटा भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ ।

काठमाडौं उपत्यकाका अधिकांश भागमा लगातारको भूकम्पले हल्लाएको भूकम्प मापन केन्द्रले जनाएको छ । सिन्धुपाल्चोक केन्द्र विन्दु भएर गएको भूकम्प ४ दशमलब १ रेक्टर स्केलको हो ।

पहिलो भूकम्प ११ बजेर २७ मिनेटमा गएको थियो भने, दोस्रो भूकम्प ११ बजेर २४ मिनेटमा गएको थियो । केन्द्रका अनुसार आजै विहान रामेछाप केन्द्रविन्दु भएर पाँच रेक्टर स्केलको धक्का महसुस भएको थियो ।