३० आश्विन २०८३, शुक्रबार

विद्यार्थीले विद्यालयमै कुटी-कुटी गरे प्रधानाध्यापकको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

school-attack-garjen

काठमाडौं । भारतस्थित विहारको एक विद्यालयका प्रिन्सीपललाई विद्यार्थी तथा अभिभावकहरुले कुटी कुटी हत्या गरेका छन् । विद्यालय पठाएका दुई छात्रको मृत्यु भएपछि डिपीएस आवासीय विद्यालयका प्रिन्सिपलको हत्या गरेका हुन् ।

प्रहरीले आइतवार ७ र ८ वर्षका दुई विद्यार्थीको शव विद्यालय नजिकैको पानी पोखरीमा फेला पारेको थियो । विद्यालय पठाएको आफ्नो छोराको शव हात लागेपछि अभिभावकहरु आक्रोशित बनेका थिए ।

उनीहरुले शिक्षकले कुटेर आफ्नो बच्चाको हत्या गरेको आरोप लगाएका छन् । उनीहरुले विद्यालयको गाडि जलाउनुका साथै तोडफोड समेत गरेका थिए ।

विद्यालय निर्देशक देवेन्द्रप्रसादले मृत्यु भएका दुवै छात्र आइतबार बिहान बिनाजानकारी स्कूलबाट बाहिर निस्केको र विद्यालयभन्दा ५० मिटर टाढा पोखरीमा शव फेला परेको उल्लेख गरे। एजेन्सी