काठमाडौं, १४ असार । बालिका र किशोरी बलात्कार भएका घटना त प्राय दैनिक नै संचारमाध्यममा आउने गरेका छन् ।
पुरुषले महिलालाई बलात्कार गरेको घटनामात्रै प्रकाशमा आउने गरेको समाचार साँघु साप्ताहिकले समाचार छापेको छ ।
तर पुरुषबाट पुरुष नै बलात्कारको शिकार भएको एक घटनाले महानगरीय ट्राफिक प्रहरी महाशाखाभित्र निकै चर्चा पाएको छ ।
घटना २०७२ वैशाख १२ गतेको विनाशाकरी भूकम्प गएको केही दिनपछिको हो ।
महाशाखामा भर्खरै सरुवा भएका तराईका आदिवासी समुदायका एक प्रहरी जवान राति ९ बजे मुद्धा शाखामै एक डिएसपीको बलात्कारको शिकार भएका हुन् ।
स्रोतका अनुसार मदिराले मदहोस् भएका ती डिएसपीले सिमाहीलाई आधा घन्टासम्म समलैगिक बलात्कार गरेको खुल्न आएको छ ।
मदिरामा लठ्ठ भएका आफनै पुरुष हाकिमको बलात्कारको शिकार भएका ती जवानले महाशाखा प्रमुख सुबेदार मेजर धर्मेन्द्र रावतलसँग रुदै गुनासो गरे ।
इन्सपेक्टर खेम आचार्यदेखि कृष्ण थापाको रनर बसेका उनले उनीहरुदुवैसँग पनि आफूमाथि भएको अत्याचार सुनाए ।















प्रतिक्रिया