३० आश्विन २०८३, शुक्रबार

राष्ट्रपति सर्वोत्कृष्ट किसान पुरस्कार केरा व्यवसायी हमाललाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kalu-Hamalकाठमाडौंँ, १३ असार । कैलालीका किसान कालु हमाललाई नगद रु दुई लाख राशिको सर्वोत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार वितरण गरिने भएको छ ।

सर्वोत्कृष्ट किसान पुरस्कार प्राप्त गर्ने पहिलो भाग्यशाली किसान हमाल केरा व्यवसायी हुनुहुन्छ । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि मन्त्रिपरिषद्बाट विसं २०७१ असार ४ गते लागूभएको एक वर्षपछि सो पुरस्कार वितरण गर्न लागिएको हो । नेपाल सरकारले आर्थिक वर्ष २०७०/७१ को बजेट वक्तव्यमा उत्कृष्ट कृषकलाई प्रोत्साहित गर्न राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिने छ, भनी उल्लेख थियो ।

आगामी वर्षमा निरन्तरता दिनका लागि यो कार्यविधि तयार गरी लागू गरिएको छ । राष्ट्रिय धान दिवस असार १५ मा कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले सो पुरस्कार वितरण गर्नुहुने कृषि विकास मन्त्रालय कृषि व्यवसाय प्रवद्र्धन महाशाखाका प्रमुख सुनिल सिंहले राससलाई बताउनुभयो ।

त्यसैगरी, अलैँची व्यवसायी चन्द्रलाल तामाङ, बङ्गुरपालक किसान छयामबहादुर थापा, मत्स्यपालक कृषक छायादत्त भुसाल र पुष्प व्यवसायी प्रकाश पन्तले जनही रु एक लाख राशिको उत्कृष्ट पुरस्कार प्राप्त गर्नुभएको छ । कृषि पेसालाई सम्मानित र व्यावसायिक बनाउने उद्देश्यले राष्ट्रपति किसान पुरस्कारको स्थापन गरिएको मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले बताउनुभयो ।

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७१ अनुसार एक जना कृषकलाई सर्वोत्कृष्ट र चारजनालाई उत्कृष्ट किसान पुरस्कार वितरण गर्नुपर्ने उल्लेख छ । रासस