काठमाडौं, १३ असार । सञ्चार उद्यमी जमिम शाहको हत्याका योजनाकार नेपाल प्रहरीका पूर्व डीएसपी जगदीश चन्दलाई आइतबार अदालतमा पेस गरिएको छ ।
जमिमको हत्या भएको ६ वर्षपछि पक्राउ परेका चन्दलाई आजै सार्वजनिक गरिने भनिएता पनि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सिधै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको हो ।
पूर्वडीएसपी चन्दलाई शनिवार नयाँ बानेश्वर स्थित घरबाटै अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । ४७ वर्षीय सञ्चार उद्यमी जमिमको २०६६ माघ २४ गते काठमाडौंको लाजिम्पाटमा मोटरसाइकलमा आएका दुई भारतीय सुटरले गोली हानी हत्या गरेका थिए ।
हत्या लगत्तै तत्कालिन डीएसपी भन्द विदा लिएर फरार भएका थिए । उनीमाथि हत्यारालाई भगाउन सहयोग गरेको अभियोग लागेको थियो । यो अभियोगमा अदालतले पक्राउ पूर्जी समेत जारी गरेको थियो । त्यही बेला उनी फरार भएका थिए ।















प्रतिक्रिया