१ कार्तिक २०८३, शनिबार

वैदेशिक रोजगारीमा कोरिया पुगेका सचिन फलामको साङलोमा मृत भेटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sachin-shresthaसउल । वैदेशिक रोजगारीका लागि कोरिया पुगेका एक नेपालीको मृत्यु भएको छ ।

फलामको साङलोमा बेरिएको अवस्थामा मकवानपुर घर भएका सचिन श्रेष्ठ शनिवार मृत भेटिएको कोरियामासँगै बस्दै आएका उनका साथी लालबहादुर महराले जानकारी दिए ।

काम गर्ने कम्पनीको मेसिनको हस्टमा भएको फलामको साङलोमा बेरिएको अवस्थामा सचिन मृत भेटिएको महराले बताए । महराका अनुसार ६ वर्षदेखि कोरियामा रोजगारी गरिरहेका सचिन केही दिनदेखि तनावमा थिए ।

सचिन कार्यरत कम्पनीमा दुई जना नेपाली मात्रै कार्यरत छन् । घटनाको स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको एनआरएनए कोरियाका अध्यक्ष बिनोद कुवँरले जानकारी दिएका छन् । सचिनले एक वर्षअघि मात्रै नेपाल फर्केर विहे गरेका थिए । रोजगारीका दोस्रो पटक कोरिया पुगेका उनी शनिवार मृत भेटिए ।