४ कार्तिक २०८३, बुधबार

अब चलाउनुहोस् विश्वभरी गुगलको ‘फ्रि वाईफाई’ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Internet...काठमाडौं, १३ असार । इन्टरनेटको बादशाह मानिने गुगलले विश्वभरका मुख्य सहरमा निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने योजना अगाडि सारेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत ल्यारी पोजले यो योजनाबाट सहरी बासिन्दाको जीवन, व्यापार तथा सरकारी कामकाजमा सुधार आउने विश्वास व्यक्त गरेका छन् ।

न्युयोर्क सहरबाट यो सेवा सुरु हुने जानकारी उनले दिएका छन् । गुगलले वाईफाई मात्र नभएर १० हजार फोन बुथबाट निःशुल्कै अन्तरदेशीय कल सुविधा पनि दिने भएको छ ।

यसको परीक्षण पनि न्युयोर्कबाटै हुनेछ । न्युर्योकस्थित बिक एप्पलको पुरानो फोन बुथ प्रयोग गरी परीक्षण थालिने भएको छ ।

सहरमा पुराना टेलिफोन बक्सलाई वाईफाई हबमा परिणत गरिने गुगलले जनाएको छ । आजको कारोबार दैनिकमा खबर छ ।