मोरङ, १३ असार । नेपालको पूर्वी क्षेत्रमा आईतबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहान ६ः५० बजे भारतको आसाम तथा भुटानको थिम्पु दक्षिण केन्द्र बिन्दु बनाएर ५ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का पूर्वका मोरङसहित, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सुनसरी, धनकुटा लगायतका जिल्लाहरुमा महसुस गरिएको थियो ।उक्त भूकम्पको करिब ३० सेकेण्डसम्म कम्पन भएको बताइएको छ ।
भूकम्पबाट भएको क्षतिको विबरण अहिलेसम्म प्राप्त भएको छैन् । भूकम्पको धक्कापछि स्थानीयहरु घर छाडेर बाहिर खुला चौरमा गएको मोरङबाट पत्रकार सुमन घिमिरेले जनाएका छन् ।














प्रतिक्रिया