३० आश्विन २०८३, शुक्रबार

‘घरमा एक्लै भएँ कि डान्स गरिहाल्थे’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dipsa-parajuli (2)

बुटवल । दिप्शा पराजुली मोडलिङ क्षेत्रको नयाँ नाम हो । उनको मोडलिङमा लाग्ने र सफल मोडल बन्ने सपना सानैदेखिको भएपनि भर्खर भर्खर मात्र मोडलिङमा लागेकी छिन् ।

केहि महिनाअघि मात्र आकांक्षा बश्यालको स्वरमा रहेको ‘स्वार्थी रैछ तिम्रो माया’ बोलको गीतमा मोडलिङ गरि मोडलिङ यात्रा सुरु गरेकी उनी त्यसलगतै चर्चित लोकगायक खुमन अधिकारी र दर्शना तिरुवाको स्वरमा रहेको ‘बस्नु पर्छ फेरि यो मन जलाई’ बोलको गीतमा पनि मोडलिङ गरिसकेकी छिन् ।

Dipsa-parajuli (1)

अमुवा ४ रुपन्देही कि दिप्शा भन्छिन- ‘मोडलिङ मेरो सानैदेखिको रुची हो, घरमा म एक्लै भएँ कि अहिले पनि गीत बजाएर नाँच्ने प्राक्टिस गरिहाल्छु ।’ मोडलिङ संगै अध्ययनलाई पनि संगसंगै अगाडि बढाउँने उनी बताउँछिन् ।