काठमाडौं । बलात्कारपछि हत्या गरिएकी २५ वर्षीय एक युवतीको लास बोराभित्र बन्द गरिएको अवस्थामा स्कुलमा फेला परेको छ ।
मध्य लखनऊको अलीगञ्ज इलाकाको केन्द्रीय विद्यालय नजिकैको प्रांगणमा शुक्रबार विहान बोराभित्र बन्द अवस्थामा युवतीको नाङ्गो अवस्थामा लास भेटिएको हो । उनलाई बलात्कार गरी हत्या गरिएको आशंका गरिएको छ । प्रहरी अधिकारीले यो जानकारी दिएका छन् ।
युवतीको मुख नचिनिने अवस्थामा सडेको छ । अहिलेसम्म युवतीको सनाखत हुन सकेको छैन् । इलाका पुलिस अधीक्षकले भनेका छन् कि शुक्रबार विहान सेक्टर जे नजिकैको केन्द्रीय विद्यालयको प्रांगणमा त्यहाँका स्थानीयले एक लावारिस बोरा देखेर हामीलाई सूचना दिएका थिए ।’
सूचना पाएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले जब बोरा खोल्यो तब बोरामा एक २५ वर्षकी युवतीको नाङ्गो लास भेटियो । पुलिस अधीक्षकले भने, ‘पुलिसले ने स्थानीयको मद्दतबाट लासको पहचान गर्न कोसिस गरेपनि अहिले सम्म पहिचान हुन सकेको छैन् । छानविनपछि मात्रै पुलिसले शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको थियो । आशंका छ कि उनको बलात्कार पछि हत्या गरिएको देखिन्छ ।’
गाउँलेको सहयोगमा प्रहरीले शवको पहिचान गर्ने प्रयास गरिरहेको छ । शवको पहिचानपछि मात्रै घटनाको कारण र हत्यारा पत्ता लाग्ने प्रहरीले जनाएको छ । एजेन्सी
















प्रतिक्रिया