
– दीपक ओली
धनगढी, १२ असार । सुदूरपश्चिम घर भई रोजगारीको सिलसिलामा हाल भारतको महाराष्ट्रको तारापुर बोइश्रममा रहेका सुदूरपश्चिमेलीहरुले वैशाख १२ र २९ गतेको बिनाशकारी भूकम्पबाट प्रभावित भएकाहरुलाई आर्थिक सहयोग गरेका छन् ।
सुदूरपश्चिमाञ्चल एकता समाज नामक संस्था गठन गरी विभिन्न कार्यक्रम गर्दै आएका उनीहरुले भूकम्पपीडितहरुलाई केहि राहत होस् भनेर आपसमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरेको सो संस्थाका सदस्य देवराज भट्टले जानकारी दिए ।
भट्टका अनुसार त्यहाँबाट नेपालस्थित बैंक अफ काठमाण्डुको खाता नम्बर ०१०००००६२८८८५२४ मा दुई पटक गरी एक लाख ५९ हजार ८ सय ४० नेपाली रुपैयाँ पठाइएको छ ।
दैवी प्रकोपको विपद्मा परेर घरबारविहीन हुन पुगेका नेपाली दाजुभाइहरुलाई आफूहरुले सहयोग गर्न पाउँदा खुसी लागेको बताउदै अझै आउँदा दिनहरुमा सक्ने सहयोगका लागि तत्पर रहेको भट्टको भनाइ छ ।
सो समाजमा सुदूरपश्चिमका नौ वटै जिल्लाका ब्यक्तिहरुको प्रतिनिधित्व रही नेपाली चाँडपर्वमा एकआपसमा भेला विभिन्न रचनात्मक तथा मनोरञ्चन कार्यक्रम गर्दै आएको समाजले जनाएको छ ।















प्रतिक्रिया