४ कार्तिक २०८३, बुधबार

डराएर आएको हो यो नयाँ प्रस्ताव ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china-india-flagकाठमाडौं, १२ असा । छिमेकी मुलुकहरू भारत र चीनले ‘त्रिपक्षीय सहकार्य’ मा तयार हुन नेपाललाई आग्रह गरेका छन् ।

नेपालको सहमतिबिना नै नेपाली भूभाग हुदै व्यापारिक नाका खोल्ने सम्झौता गरेलगत्तै दुवै देशले त्रिदेशिय सहकार्यको प्रस्ताव गरेका हुन् ।

चीनले यसअघि पनि यस्तै प्रस्ताव गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ । ‘तर यसपटक दुवै देशले एकसाथ यसमा गृहकार्य गर्न नेपाललाई आग्रह गरेका छन्’ परराष्ट्रका एक उच्च अधिकारीले भने ।

दार्चुलाको उत्तरी भूभाग लिपुलेक भएर व्यापारिक नाका खोल्ने सम्झौता जेठ १ मा बेइजिङमा भएपछि नेपाल सरकारले चीन र भारतसित यसमा चासो देखाएर गम्भीरतापूर्वक छलफल गर्ने तयारी गरिरहेका बेला दुवै देशका तर्फबाट त्रिपक्षीय सहकार्यको प्रस्ताव आएको हो ।

नेपालको सहमतिबिना लिपुलेक भएर नाका खोल्ने सम्झौतालाई ओझेलमा पार्न चीन र भारतबाट त्रिदेशीय सहकार्यको प्रस्ताव आएको हुनसक्ने परराष्ट्रका ती अधिकारी बताउँछन् ।

दुवै छिमेकको आग्रहपछि सहकार्यको ‘मोडालिटी’ बुझ्न नेपालले अध्ययन गर्ने तयारी गरेको छ ।

सीमाको अध्ययनसँगै विज्ञहरू सम्मिलित अर्को टोली बनाएर त्रिपक्षीय सहकार्यको अध्ययन गर्ने जानकारी दिइएको पनि ति अधिकारीले बताए ।