४ कार्तिक २०८३, बुधबार

नक्कली काम गर्ने तीन ठूला व्यक्तिलाई थुनामा राख्न आदेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sitaram-prasai-241x300काठमाडौं, १२ असार । नक्कली लालपुर्जा धितो राखी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका मनकामना बैंकका तत्कालीन अध्यक्ष सीताराम प्रसाईंसहित तीनजनालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

प्रसाईंसहित पूर्वमहाप्रबन्धक तुलसी उप्रेती र कर्जा विभाग प्रमुख कञ्चन पराजुलीलाई पुर्पक्षका लागि थुना राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।

तत्कालीन अध्यक्ष सञ्जीव पन्त भने ३५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

अदालतको आदेशसँगै पराजुली र उप्रेती जेल चलान भएका छन् भने प्रसाईं बिरामी भएको भन्दै अस्पताल भर्ना भएका छन् ।

पक्राउ परेलगत्तै उनी हिरासत छल्न अस्पताल भर्ना भएका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले प्रसाईंसहित १४ जनाविरुद्ध ठगी र सरकारी दस्तखत छाप कीर्ते मुद्दा चलाएको थियो ।

उनीहरूले कीर्ते कागजपत्रका आधारमा बैंकबाट २ करोड ७२ लाख रुपैयाँ कर्जा निकाली दुरुपयोग गरेका थिए ।

प्रहरीले गत २१ जेठमा प्रसाईंसहित पराजुली र उप्रेतीलाई पक्राउ गरेको थियो भने २४ जेठमा पन्त पक्राउ परेका थिए ।

प्रसाईं तत्कालीन नेपाल घरेलु तथा साना विकास बैंकका अध्यक्ष रहेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

यस्तै, उप्रेती महाप्रबन्धक, पराजुली क्रेडिट विभागका प्रमुख र पन्त उपप्रमुख थिए ।