३० आश्विन २०८३, शुक्रबार

पाँच सय यात्रु बोकेको एयर इमिरेट्सको विमान दुर्घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

emaris-air

काठमाडौं, ११ असार । मौसम खराबीका कारण पाँच सय यात्रु बोकेको विमान दुर्घटनाम परेको छ ।

विमानको इन्जिनमा आगो लागेर दुर्घटनामा परेको इमिरेट्सको ए३८० विमान शुक्रबार श्रीलङ्कामा आकस्मिक अवतरण गरिएको हो ।

आकाशमा उडिरहेको बेला एक्कासी पछाडि भागमा आगो लागेपछि पाइलटले विमानलाई श्रीलङ्काको राजधानी कोलोम्बोमा आकस्मिक अवतरण गरेका हुन् । विमानमा आकस्मिक क्षति भएपनि ठूलो दुर्घटनामा बचेको अधिकारीले बताएका छन् ।

सो विमान दुबईबाट सिड्नीतर्फ गईरहेकोमा प्राविधिक कठिनाईको कारण कोलोम्बोमा लगेर अवतरण गरिएको वायुसेवा अधिकारीहरुले जनाएका छन् ।

यस विमान अवतरणको क्रममा कुनै यात्रु घाइते नभएका बताइएको छ । यस अघि सन् २०१२ इमिरेट्स्को ए३८० विमान कोलोम्बोमै आकस्मिक अवतरण गरिएको थियो ।

एयरलाइन्सका अनुसार आकस्मिक अवतरण गरिएको यस विमानका सवै यात्रुहरुलाई इमिरेट्सकै अर्को विमानबाट पठाइएको छ । रासस÷एएफपी