३० आश्विन २०८३, शुक्रबार

भीषण वर्षाले मौसम खराब हुँदा प्रोमेक एयरको विमान दुर्घटना, ९ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

premok-planeकाठमाडौं, ११ असार । भीषण वर्षासँगै मौसमा आएको खराबीले एक विमान दुर्घटनामा परेको छ ।

अमेरिकाबाट भारतका लागि उडेको सिएटल की प्रोमेक एयर कम्पनीको विमान अलास्का प्रान्तको दक्षिण पूर्वी इलाकामा विहीबार दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अलास्का क्षेत्रमा निरन्तर परिरहेको भीषण वर्षाले मौसममा खराबी आएपछि उक्त विमान दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा पाइलटसहित ९ यात्रुको मृत्यु भएको छ ।

आकाशमा उडिरेहको बेला एक्कासी अध्यारो आकाशमा विमान पहाडसँग ठोक्किदा दुर्घटनाग्रंस्त भएको सिएटल की प्रोमेक एयरका अधिकारीले बताएका छन् ।

कोस्टगार्ड र रेस्क्यू टीमले अहिले घटनास्थलमा मृतकका शव पहिचान गरिरहेका छन् । यसअघि यही पहाडमा एक हेलिकप्टर पनि दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी मृत्यु भएका सबै अमेरिकी नागरिक रहेको समाचारमा जनाइएको छ । दुर्घटनाको थप अध्ययन भइरहेको बताइएको छ । एजेन्सी

दुर्घटनाग्रस्त जहाज :

plane-ll