३० आश्विन २०८३, शुक्रबार

हेटौंडावाट सुरु भयो ‘टिचर’को यात्रा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Teacher– सन्दिप भट्ट

चितवन । विद्यालयमा अध्यापन गराउने शिक्षकको कथामाथि आधारित नेपाली कथानक चलचित्र ‘टिचर’ हेटौंडाबाट रिलिज भएको छ । शोभित बस्नेतद्वारा निर्मित तथा निर्देशित फिल्म ‘टिचर’ हेटौंडाको ओम हलबाट रिलिज गरेको हो ।

निर्देशक बस्नेतले यसअघि उक्त फिल्म राजधानीका एक सय विद्यालय र मोफसलका विभिन्न सहरकाएक सय विद्यालयमा  ‘च्यारिटी शो’ गरिएको बताए ।

निर्देशक बस्नेतले राजकुमार नामक पहिलो फिल्म पनि हेटौंडाबाटै छायाँकन सुरु गरेरे आफ्नो फिल्मी यात्रा सुरुवात गरेको जानकारी दिए । टिचर फिल्म एउटा शिक्षकको विद्यालयमा हुने भुमिका, उसले झेल्नु परेका दवाव र समस्या, सरकारबाट प्राप्त हुने तलबको अवस्थाले चलाउने दैनिकी र शिक्षक र विद्यार्थीसँगको सम्बन्धलगायतको विषयमा आधारित रहेको छ ।

फिल्म प्रचारप्रसारको देश दौडाहामा हिनेका बस्नेतले ओम हलबाट नै असार ११ गतेबाट खुलारुपमा रिलिज हुने बताए । उनका अनुसार ओम हलमा ८ दिनको लागि हेटौंडाका विद्यालयले बुकिङ गरिसकेका छन् ।

आधुनिक राष्ट्रिय उच्च माविले ३ दिन र भुटनदेवी तथा सिद्धार्थ उमाविले पनि फिल्म प्रदर्शनको लागि बुकिङ गरिसकेको बस्नेतले जानकारी दिएका छन् । त्यस्तै टिचर फिल्म मकवानपुरको पुर्वी क्षेत्र थाहा नगरपालिका ३० वटा विद्यालयमा च्यारिटी शो गरिएको जनाइएको छ ।

फिल्ममा शिक्षकको भुमिकामा कुशल थापा र विद्यार्थीको भुमिका शोभितको छोरी सलिना बस्नेतले अभिनय गरेका छन् । काठमाडौंमा र मकवानपुरमै छायाकन गरिएको चलचित्र शिक्षक, विद्यार्थी र अभिभावकले फिल्म हेर्नुपर्ने र शिक्षकको भुमिका बुझ्नु पर्ने बताएका छन् ।

फिल्मका शवकुमार रकाल निर्माता हुन् भने विन्दीया रानी प्रस्तुतकर्ता हुन् । चलचित्रमा प्याट्रिक सिटलिङको संगीत, राजेन्द्र खड्गीको द्वन्द्व निर्देशन रहेको छ ।