काठमाडौं । लामो समयपछि नेपाली चलचित्र उद्योगमा फेरि सक्रिय हुन थालेका चर्चित नायक निखिल उप्रेतीको बहुप्रतिक्षित चलचित्र ‘भैरव’को ट्रेलर सार्वजनिक भएको छ ।
भदौ ११ गते देखि प्रदर्शनमा आउन लागेको एक्सन स्टार निखिलको चलचित्र ‘भैरव’को विहीबार काठमाडौंमा औपचारिक रुपमा ट्रेलर सार्वजनिक गरेको घोषणा गरियो ।
चलचित्र ‘भैरव’लाई निखिल उप्रेती आफैले निर्माण तथा निर्देशन गरेका छन् । ‘भैरव’मा निखिलको अलाबा नायिका अनु शाह, थुप्रै बलिउड चलचित्रमा समेत अभिनय गरेका चर्चित कलाकार मुरलीधर ,नगेन्द्र रिजाल, रबिन हुड सेन लगायतको कलाकारको मुख्य अभिनय रहेको बताइएको छ ।
‘भैरव’बाट निखिलले नेपाली रजतपटमा निर्देशकको रुपमा डेब्यू समेत गरेका छन् । चलचित्रमा भारतीय सीमाना क्षेत्रमा हुने चोरी डकैती र तस्करीमा नेपाल प्रहरीको भूमिकाको विषय वस्तुलाई चलचित्रमा उठाउन खोजिएको छ ।
चलचित्रमा नेपालका चर्चित गुण्डा चरी मारेको घटना पनि देखाइएको छ । निखिल चरी इन्कान्टरमा सफल प्रहरी अधिकृतको रुपमा देखा परेका छन् ।
हेर्नुस् भिडियो :















प्रतिक्रिया