काठमाडौं, ११ असार । दयाहाङ राई सेन्टिमेन्टल गीत खुब रुचाउँछन् । नारायण गोपाल र अरुणा लामाको गीत उनी बढी सुन्छन् ।
अभिनेतामा उनलाई डे– लिविस नामुद लाग्छन् । हलिउडकै सन पेन, भारतका नसिरुद्दिन शाह र नेपालका सौगात मल्लको अभिनय पनि मन पर्छ ।
आफ्नै फिल्ममा दास ढुंगा, लुट र कबड्डी मनपर्ने गरेको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
दयाहाङलाई जनावरमा भने कुकुर र सिंह मनपर्छ ।
खानामा उनलाई दाल, भात, तरकारी मनपराउँछन् ।
हार्ड ड्रिंकमा ह्विस्की र सफ्टमा कोक पिउँछन् उनी ।
नेतामा उनलाई नेल्सन मन्डेला मन पर्छ भने ठाउँमा मुस्ताङ, पोखरा र इलाम मनपर्छ ।















प्रतिक्रिया