४ कार्तिक २०८३, बुधबार

कोरिया जान अर्को नयाँ नियम, कामदारले पुरानो र नयाँ पाठ्यक्रमअनुसार परीक्षा दिनुपर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Flag-Pins-Nepal-South-Koreaकाठमाडौं, ११ असार । छैटौँ इपिएस टपिक परीक्षा उत्तीर्ण गरेर कोरिया जाने कामदारले पुरानो र नयाँ पाठ्यक्रम अनुसार परीक्षा दिनुपर्ने भएको छ ।

इपिएस कोरिया शाखाले भाषा परीक्षाको स्तरीय पाठ्यपुस्तकको सम्पादित नयाँ संस्करण ल्याएपछि परीक्षार्थीले दुवै पाठ्यक्रमअनुसार भाषा परीक्षा दिनुपर्ने भएको कोरिया शाखाले जनाएको आजको सौर्य दैनिकले समाचार छापेको छ ।

उक्त नयाँ संस्करणमा कार्यस्थलमा आवश्यक पर्ने सामग्री ‘हान्गु अ फ्योजुन ग्योजे’ अंग्रेजीमा उल्थासहितको नयाँ संस्करण ल्याएको छ ।

यसअघि कोरियन भाषामा मात्र थियो । आगामी असोज २ र ३ गते हुने भाषा परीक्षामा नयाँ र पुरानो दुवै संकरणबाट साझा प्रश्न सोध्न सकिने एचआरडी कोरिया इपिएस सेन्टर नेपालका निर्देशक लि दोङ सर्कले बताए ।

उक्त परीक्षाका लागि ५१ हजार पाँच सयको दरखास्त आह्वान परेको भन्दै यो आह्वान १५ देश मध्येकै बढी रहेको बताइएको छ । उक्त उपत्यकाका साथै पोखराबाट पनि हुनेछ, बास्तोलाले भने, ‘पोखरामा तीन सहित १८ केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ ।’

सन् २०१५ को दोस्रो अर्धवार्षिकीदेखि लागू हुने नयाँ संस्करणबाट प्रश्न सोध्दा कामदारलाई परीक्षामा समस्या हुने भन्दै नयाँ र पुरानो दुवैबाट प्रश्न सोध्न लागेको र अर्को वर्ष नयाँ पाठ्यक्रम अनुसार प्रश्न सोध्ने उनको भनाइ छ । कोरियामा सन् २०१५ यता ३ हजार ६ सय ८४ जना रोजगारीका लागि कोरिया पुगिसकेका छन् ।

यो कम्बोडियाभन्दा कम हो । कम्बोडियाबाट कोरियामा यो अवधिमा ५ हजार एक सय २८ जना रोजगारीका लागि कोरिया पुगिसकेका छन् । कोरियामा कामदार जाने १५ देश मध्ये नेपाल दोस्रो स्थानमा रहेको छ भने तेस्रो स्थानमा इन्डोनेसिया ३ हजार ५ सय ७९ रहेको छ ।

नेपाली कामदार मेहनती र इमानदारका साथै अन्य देशको तुलनामा अवैधानिक रूपमा बस्नेको सख्या कम भएका कारण बर्सेनि कोरिया सरकारले र कामदार लिने कम्पनीले कामदारको माग बढदै गएको कोरिया शाखाको भनाइ छ ।

कोरियामा सन् २००८ देखि नेपाली कामदार जान सुरु गरे पनि यो अवधिमा सबै भन्दा बढी सन् २०१४ मा ६ हजारभन्दा बढी कोरिया गएको कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाको भनाइ छ ।

नेपालबाट हालसम्म ३० हजार दुई सय ९४ जना कामदार कोरिया पुगिसकेका छन् भने १२ वैशाखपछि एक हजार पाँच सय ७६ गएको र एक हजार पाँच सयको लेबर कन्ट्रयाक भइसकेको छ, बास्कोटाले भने, ‘जुलाई अन्तिममा अर्को कन्ट्रयाक आउँदै छ ।’

सन् २०१३ मा उत्पादन तथा व्यावसायिक क्षेत्रमा सात सय र ०१४ मा १८ सय कृषि तथा पशुपालन क्षेत्रमा जाने चाहनेको रोस्टरमा नाम रहेको छ, बास्तोलाले भने, ‘०१३ को १६ फेबु्रअरी र ०१४ को ०१७ फेबु्रअरीसम्म जान पाउने छन् ।’

अर्को फरक प्रसंगमा बास्तोलाले भने, ‘कोरियामा इमानदारपूर्वक काम गरेर स्वदेश फर्केर पुनः रोजगारीका लागि कोरिया जान चाहनेलाई १० लाख रुपैयाँ ऋण लिए अधिकतम ५ प्रतिशत ब्याज कोरिया शाखाले तिरिदिनेसम्बन्धी फाइल मन्त्रालयमा पठाएका छौँ ।’

यस विषयमा अध्ययन भइरहेको छ चाँडै यो कार्यान्वयनमा आउनेछ । यस्तै शाखाले कामदारलाई तालिम दिने विषयमा पनि मन्त्रालयमा राय पेस गरेको उनले जानकारी गराए ।

पछिल्लो समयमा कोरिया जाने कामदारले आत्महत्या गर्ने क्रम बढेको छ । उनले भने, ‘नेपालमा हुँदा शिक्षण पेसामा रहेका साथै अन्य राम्रो काम गरिरहेका मानिस त्यहाँ गएर काम गर्दा आत्मसम्मान कम हुने भएकाले यो क्रम बढेको हो ।’ ०१५ यता पाँच जनाले आत्महत्या गरिसकेका छन् ।