बेरुत, १० असार । सिरियाको अलेपो सहरमा बिहीबार कम्तीमा पनि १७ जना सर्वसाधारणको ज्यान गएको समाचार छ । विद्रोहीले गरेको रकेट आक्रमणमा ती सर्वसाधारणको मृत्यु भएको हो ।
सिरियाको दोस्रो ठूलो सहर अलेपोमा सो रकेट आक्रमणमा मारिएकामा १० जना बालबालिका पनि परेको मानवअधिकारवादी समूहले जनाएको छ ।
पछिल्लो समय गएको सोमबारबाट सुरु भएको सो आक्रमणमा १०० भन्दा बढी रकेट प्रहार भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
रकेट आक्रमणमा मारिनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । यस आक्रमणमा घाइते भएका करिब १९० जना व्यक्तिमध्ये कयौँको अवस्था गम्भीर भएको हुनाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।
सो रकेट आक्रमण संयुक्त राष्ट्रसङ्घका शान्ति दूत स्टाफान डे मिस्टुरा सरकारी अधिकारीहरूसँग सिरियामा चार वर्षयतादेखि जारी द्वन्द्व अन्त्यको विषयमा वार्ता गर्नका लागि दमासकस आई पुग्नुभएको छ ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको द्वन्द्वमा हालसम्म २ लाख ३० हजार व्यक्तिले ज्यान गुमाइसकेका छन् । रासस/एएफपी















प्रतिक्रिया