४ कार्तिक २०८३, बुधबार

पत्नीसहित चार जनाको हत्या गरेर कतारमा रमाउँदैछन् सकिल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mohammad-Sakilकाठमाडौं, १० असार । पत्नी, सासु, ससुरा र अर्की एक महिलालाई मारेर सप्तरीका एक युवा कतार पुगेका छन् ।

सप्तरीको पटेवा घर भएका ३५ बर्षिय मोहम्मद सकिल हुसेन मियाँ कतारमा बसिरहेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

उनले पत्नी १८ वर्षीया सैरुन खातुन, ससुरा ५८ बर्षका इद्रिस खालिफा, सासु ५५ बर्षकी जैतुन खातुन र अर्की एक महिला दुलारी देवी साहलाई मारेको खुलेको छ ।

इन्टरपोलले उनलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी गरेको छ ।
इन्टरपोलले गत सोमबार रेडकर्नर नोटिस जारी गरेको हो ।

सकिलले सुनसरीमा पत्नी, सासु ससुरा, सप्तरीमा दुलारी देवीबाहेक थप तीन जनाको हत्या गरेको खुलेको छ । यिनले सप्तरीको त्रिकोलमा निर्मलादेवी साहको हत्या गरेको खुलेको छ ।

साहको लास गाडिएको थिएन । यस्तै सदरुल मिया र उनकी बुहारी सागिरा खातुनको सप्तरीकै बिसनपुरबाट दुई किलोमिटर दक्षिणमा रहेको कुखुरा फार्ममा मारेर गाडेका थिए । सप्तरी प्रहरीले गाडेको शव फेला पारेको छ ।