३० आश्विन २०८३, शुक्रबार

स्वेताले रुँदै भनिन-‘पैसाले बचाउन सक्ने भए म आफ्नो श्रीमानलाई बचाउथे’ (हेर्नुस भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sweta-khakda

अमेरिका । हाल अमेरिकामा रहेकी नायिका स्वेता खड्काले त्यहाँका नेपालीलाई रुवाएकी छिन् ।

​डिसी महानगर क्षेत्रको भर्जिनियामा कोहिनूर चलचित्र प्रदर्शन गर्ने क्रममा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठकी पत्नी नायिका स्वेता खड्काले चलचित्र सुरु हुनु अगाडी भाव बिभोर हुँदै पैसाको घमण्ड मानिसमा हुने भएपनि आफूले पतिलाई बचाउन नसकेको बताईन् ।

उनले रुँदै भनिन्-‘यदि पैसाले हुने भए म आफ्नो पतिलाई बचाउने थिए ।’ उनको यो भनाई पछि त्यहाँ उपस्थित सम्पूर्ण नेपालीको आँखा रसाएको थियो ।

उक्त चलचित्र प्रदर्शनमा​ ​स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठलाई मरणोपरान्त ‘अमर तारा’ उपाधिबाट सम्मान गरिएको थियो ​।

हेर्नुस भिडियो :