पोखरा, ९ असार । पोखरामा ओजन लञ्च बारले सेवा शुभारम्भ गरेको छ ।
मंगलबारदेखि सञ्चालनमा ल्याइएको ओजन आन्तरिक र वाह्य पर्यटक लक्षित गरी सुरु गरिएको हो । भूकम्पपछि सुनसान रहेको लेकसाइट क्षेत्रमा सञ्चालनमा ल्याइएको ओजनमा हरेक साँझ ‘लाइभ म्यूजिक’ प्रस्तुत गरिने ब्यवस्थापक ओजन ग्रुपले जनाएको छ ।
एक करोड बढीको लगानीमा सुरु गरिएको लञ्च बारमा एकै पटक तीनसय मानिस अटाउने क्षमता छ । फेशन सो, कन्सर्ट लगायतका ठूला कार्यक्रम गर्न उपयुक्त हुने ओजनमा मेक्सिकन, अमेरिकन र कन्टिनेन्टल खानाका परिकार पाइन्छ ।
सेवा शुभारम्भको अवसरमा मंगलवार चर्चित ब्याण्ड ‘स्याडोज’ले प्रस्तुति दिएको थियो । उत्तरबहादुर गुरुङ र ज्योति गुरुङको लगानीमा सुरु गरिएको लञ्च बारले पहिलो दिनको नाफाको बीस प्रतिशत भूकम्प पीडिततलाई उपलब्ध गराउने घोषणा गरेको छ ।
















प्रतिक्रिया