काठमाडौं, ९ असार । सुचना प्रविधि मार्फत समाज सेवा गर्ने उद्देश्यले पोखराका स्थापित टेक्नोलोजी भोलेन्टियर्स (टेक्नोभो) ले ‘डिजिटल लिट्रेसी’ अभियानको घोषणा गरेको छ । संस्थाको पहिलो वार्षिकीको अवसरमा टेक्नोभोले विद्यालय, कलेज तथा समुदाय केन्द्रित ‘डिजिटल लिट्रेसी’ अभियान घोषणा गरेको हो ।
आजको युगमा कागजी साक्षरताभन्दा कम्प्युटर साक्षरताको बढी महत्व भएकाले यस्तो अभियानको शुरुवात गरेको संस्थाका संस्थापक अध्यक्ष बाबुराम नेपालीले बताए ।
बार्षिकउत्सवको अवसरमा पोखरामा आयोजित विषेश कार्यक्रममा बोल्दै युथ भोलेन्टियर फर चेञ्जका अध्यक्ष सुवास मल्लले तिब्र रुपमा परिवर्तन भइरहेको सुचना प्रविधिका आयामहरुसँग नेपाली युवाहरुले प्रतिस्पर्धा गर्ने क्षमता राख्नुपर्ने बताए ।
वार्षिकोत्सवकै अवसरमा संस्थाले आफ्नो संस्थाको आधिकारिक वेभसाइट डब्लु डब्लु डब्लु डट टेक्नोभो डट ओआरजी डट एनपीको पनि सार्वजनिक गरेको छ ।
पोखराका बिभिन्न कलेजहरुमा अध्ययनरत युवाहरुको सक्रियतामा स्थापना भएको उक्त संस्थाले कलेज केीन्द्रत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । उक्त संस्था भुकम्प पीडितहरुको राहत वितरण र पुननिर्माणमा पनि क्रियाशिल रहेको छ ।















प्रतिक्रिया