
– सुशिल नेपाल
पाल्पा । पछिल्लो समयमा नेपाली म्युजिक भिडियो क्षेत्रमा नयाँ–नयाँ अनुहारको प्रवेश क्रम बढ्दो छ । जति नै मोडलिङको क्षेत्रमा प्रवेश गर्ने छन सायद त्यसवाट विस्थापित हुने पनि कम छैनन् । मोडलिङमा छिर्न जति सजिलो छ तर निरन्तर टिक्न त्यति नै गाह्रो छ । कुशल अभिनयसँगै विशेषत फिल्ममा छिर्ने ढोकाका रूपमा समेत चिनिने म्युजिक भिडियोको मोडलिङबाट प्रायः कलाकार फिल्ममा प्रवेश गरेर स्थापित भएका हुन्छन् ।
यसैक्रममा फिल्म नगरीमा करियर बनाउँदै सफल कलाकारको रूपमा स्थापित हुने सपना र सम्भावना बोकेकी कलाकार हुन काजल पाण्डे । पाल्पाको बौघागुम्हा गाविस ९ केरवादीमा जन्मिएकी उनी हाल राजधानीमा संघर्ष गरिरहेकी छिन् । ३ बर्षअघि मोडलिङमा पाइला टेकेकी काजलले आधा दर्जन बढी भिडियोमा अभिनय गरिसकेकी छिन । सुरुमा पाल्पामा रहेर पप गीतमा मोडलिङ गरि मोडलिङ यात्रा सुरु गरेकी उनी त्यस लगतै केहि डकुमेन्टिमा समेत अभिनय गरिन । त्यसलगतै बुटवलमा रहेर संघर्ष गरेकी उनी केहि महिनाअघिमात्र मोडलिङमा भविष्य र सम्भावना खोज्दै काठमाडौं छिरेकी हुन ।

चलचित्र ‘डी कम्पनी’मा नायिकाको रूपमा समेत अभिनय गरिसकेकी मोडल तथा नायिका काजल हाल आफ्नो अभिनयमा निखार ल्याउन तर्फ लागिरहेको बताउँछिन ।
उनी प्रायः म्युजिक भिडियो छानेर मात्र अभिनय गर्ने बताउँछिन । उनले कारण खुलाउँदै भनिन ‘यहाँ जस्तो पायो त्यस्तै गीत र ब्यानरबाट अफर आउने गर्छ, उनीहरूले भिडियो त बनाउँछन् तर कहिले रिलिज गर्ने भन्ने निश्चित हुँदैन,’। अब लगतै निरज घिमिरेको चलचित्र ‘सिस्टम’मा आइटम नृत्य समेत गर्ने तयारीमा रहेको उनले बताईन । उनी भन्छिन ‘मोडलिङ बाहेक अरु सोँच्न नि सक्दिन ।’















प्रतिक्रिया