१८ कार्तिक २०८३, बुधबार

‘चार दलले बनाउने संविधानको काम छैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dev-Gurungनेपालगन्ज, ९ असार । नेकपा–माओवादीका नेता देव गुरुङले दुई तिहाइ बहुमतका आधारमा संविधान निर्माण भए त्यसमा आफ्नो दलको अपनत्व नरहने बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार महासङ्घ, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “संविधान नागरिक अधिकारको दस्तावेज बन्नुपर्छ, कागजमात्र पल्टाउने बन्नु हुँदैन ।”

नेता गुरुङले नेपाललाई विदेशीको ‘प्लेग्राउण्ड’ बन्न दिन नहुने धारणा राख्दै लिपुलेक क्षेत्रको भविष्य निर्धारण गर्न सरकारले सार्वजनिक रुपमा कुटनीतिक प्रयास थाल्नुपर्ने सुझाव दिनुभयो ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उहाँले पार्टी सानो ठूलो हुँदैन त्यसको विचार कस्तो छ त्यो कुरा बुभ्mन जरुरी हुन्छ भन्दै आप्mनो पार्टीको आकार सानो भए पनि विचार जनपक्षीय छ भन्नुभयो ।

अर्को एक प्रश्नको जवाफमा उहाँले मुलुकमा आएको राष्ट्रिय विपत्तिको सामना सबै मिलेर गर्नुपर्छ, त्यसका लागि सरकारले दलहरुबीच सहमति खोज्नु आवश्यक छ भन्नुभयो । रासस