४ कार्तिक २०८३, बुधबार

प्रचण्डलाई यौनकाण्डका अरु घटना पनि सार्वजनिक गरिदिने धम्की !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal-Dahalकाठमाडौं, ९ असार । एकातिर भीरबाट लडेर हातखुट्टा भाँचिएकी ७८ वर्षीया आमाको भरे हो कि भोलिको अवस्था, अर्कोतिर सारा जीवन समर्पण गरेको पार्टीबाट कारवाहीको निर्णय– एमाओवादी नेता हेमन्तप्रकाश ओली बडो तनावमा छन् ।

तैपनि आफूलाई खेदो खन्नेहरुको पर्दाफास गर्ने र पार्टीभित्रका नवधनाढ्य तथा यौनाशक्ताई जनतामाझ नंग्याउने अठोट कायमै छ । ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेकी अम्बिका चन्द गर्भवती भएपछि उनीमाथि पार्टीले कारवाहीको निर्णय गर्यो ।

हेमन्तका अनुसार, त्यसैबेलादेखि पारिवारिक रुपमा र पार्टी नेतृत्वसमक्ष समेत कुरा गरेका थिए । विषयको बिट मारिएको थियो । तर, जब वैशाख २ गते प्रचण्डको पार्टी लाइनलाई खण्डन गर्दै आफनो मत हेडर्क्वाटरसमक्ष लिखित रुपमै राखे, त्यही दिनदेखि उनी पराई भए ।

आफ्नो रेखदेखमा पार्टीभित्र हुर्किएका जनार्दन शर्माले पेरिसडाँडाको गेटमै धावा बोले । त्यसो त उनीविरुद्ध प्रभाकर चुनावदेखि नै थिए । दाङको क्षेत्र नम्बर ३ मा हेमन्तको सिट पक्का भइसकेको थियो । तर, प्रभाकर र पोष्टबहादुरले भाँजो हाले ।

उनले गत शुक्रबार एक पदाधिकारीलाई टेलिफोन गरेर पहिल्यै टुंगो लागिसकेको हेमन्त र अम्बिकाबीचको सम्बन्धलाई अहिले उछालेकोमा दुःख व्यक्त गर्दै अरुले समेत यौन सम्बन्धको पोल खोल्ने धम्की दिएको जनआस्था साप्ताहिकले समाचार छापेको छ ।