काठमाडौं, ९ असोज । माओवादीका पूर्वलडाकु विनोद कट्टेलले ऋण लिएको एक लाख रुपैयाँ बुझाउन नसकेपछि द्वन्द्वकालमा आफूले प्रयोग गरेको हतियार बन्धकी राखेको रहस्य पत्ता लागेको छ ।
गत जेठ २७ गते सशस्त्र प्रहरीद्वारा हतियारसहित पक्राउ परेका गोंगबुका दुर्गासिंह गुरुङमाथि प्रहरीले अनुसन्धान गर्दा यस्तो तथ्य खुलेको हो ।
स्रोतका अनुसार हतियार बरामद भएको समयमा सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई हतियार र अभियुक्त बुझ्न आग्रह गरेको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
यसको जानकारी उपत्यका प्रहरी प्रमुख एआईजी विज्ञानराज शर्मासम्म पुग्यो ।
शर्माले कानुनी प्रक्रिया पूरा गरेर हतियार बुझ्नु भनेपछि महानगरीय प्रहरी वृत्त महाराजगन्जका इन्चार्ज डीएसपी सानुराम भट्टराईको टोली पुगेर मुचुल्का गरी हतियार बुझेको थियो ।
गुरुङलाई हिरासतमा राखेर थप अनुसन्धान गर्दा कट्टेलले जेठ २७ गते फोन गरेर हतियार ल्याइदेउ पैसा लैजाउ भनेर गोंगबुको एक चिया पसलमा बोलाएको रहस्य खुलेको थियो ।
गुरुङको फोन डिटेल्समा भिडाउँदा मिलेको प्रहरीले जानकारी दियो ।















प्रतिक्रिया