४ कार्तिक २०८३, बुधबार

रेडकर्नर सूचीमा रहेकी विदेशी महिलालाई व्यापार गर्न अनुमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । सरकारले नेपालमा व्यापार गर्न चाहने वदेशीलाई पृष्ठभूमि नै नहेरी अनुमति दिने गरेको पाइएको छ ।

विदेशीले अन्य कागजातका साथ पासपोर्ट र भिसाको फोटोकपी उद्योग विभागमा बुझाएपछि सरकारले पृष्ठभूमि नखोज्ने गरेको हालैको एक दक्षिण कोरियाली महिलाको घटनाले खुलाएको नागरिक दैनिकले समाचार छापेको छ ।

इन्टरपोलको रेडकर्नर नोटिसमा रहेकी कोरियाली ४८ वर्षीया ह्युन जु लीले ६ महिनाअघि राजधानीको नक्कसालमा ली गुन नामक रेस्टुरेन्ट खोलेकी थिईन ।

उनले सन २०१४ जुनदेखि रेस्टुरेन्ट चलाउने अनुमति पाएकी थिईन ।