३० आश्विन २०८३, शुक्रबार

संविधानको एकीकृत मस्यौदा तयार पार्न कार्यदलको बैठक, आजै राति सार्वजनिक गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baluwatarकाठमाडौँ, ८ असार । संविधान मस्यौदा समितिअन्तर्गतको कार्यदलले आज राति अबेरसम्म एकीकृत मस्यौदा तयार पार्ने भएको छ ।

प्रमुख राजनीतिक दलबीच भएको सोह्रबुँदे सहमतिको र विगतमा विभिन्न पक्षसँग भएको सहमतिका आधारमा मस्यौदा तयार पारिने भएको छ । कार्यदलको बैठक आज बिहानदेखि जारी रहेको र नमिलेका विषयमा प्रमुख शीर्ष नेतासँग छलफल गरेर टुङ्गो लगाइने बताइएको छ ।

कार्यदलका सदस्य रमेश लेखकले सहमति भएका विषयलाई कानुनी र संवैधानिक भाषामा लेख्नका लागि केही समय लागेको भए पनि आज राति अबेरसम्ममा अन्तिम रुप दिइने बताउनुभयो ।

मस्यौदा गर्दा दलबीच विवाद भएपछि संवैधानिक मस्यौदा समितिले कार्यदल गठन गरेर काम अगाडि बढाएको थियो । कार्यदलले तयार गरेको प्रतिवेदन समितिको बैठकमा पेस गरिने र एकसरो छलफल गरेर अन्तिम रुप प्रदान गरिने कार्यदलका अर्का सदस्य रामनारायण बिंडारीले जानकारी दिनुभयो ।

कार्यदलमा नमिलेका विषयलाई शीर्ष नेतृत्वले टुङ्गो लगाएपछि पुनः कार्यदलको बैठक बस्ने जनाइएको छ । सोमबारसम्म पूर्ण मस्यौदा तयार पार्ने भनिए पनि सबै विषयमा सहमति हुन नसक्दा ढिलाइ भएपनि कार्यदलको काम आज टुङ्गो लाग्ने बिंडारीले बताउनुभयो । रासस