काठमाडौँ, ८ असार । इन्टरनेसनल मनी एक्सचेन्ज (आइएमई) मलेसिया एसडिएन बिएचडी विश्वको तेस्रो ठूलो विप्रेषण सेवा प्रदायक कम्पनी रिया मनी ट्रान्सफरसँग गाभिएको छ ।
रिया मनी ट्रान्सफर अमेरिकी स्टक एक्सचेन्ज नस्डाकमा सूचीकृत कम्पनी युरोनेटको सहायक कम्पनी हो । दुई कम्पनीको एकतापछि पनि आइएमई मलेसिया युरोनेटको सहायक कम्पनी आइएमई (एम) एसडिएन बिएचडीकै रुपमा सञ्चालन हुने जनाइएको छ ।
रियाका कारण आइएमईको रकम विप्रेषण गर्ने क्षमतामा अझ बढी वृद्धि हुने तथा दुई कम्पनीको एकीकृत कारोबारले भइरहेका तथा नयाँ बजार विस्तारमा सहयोग पुग्ने आइएमई मलेसियाका प्रबन्ध निर्देशक हेमराज ढकालले जानकारी दिनुभयो ।
मलेसियाको केएल प्लाजामा प्रधान कार्यालय रहेको आइएमई मलेसियाको ७० शाखा सञ्जाल छ । रियासँगको एकीकरणपछि आइएमईको पहुँच विश्वका १४७ देशमा पुग्ने छ । रासस















प्रतिक्रिया