– रबिना बोहरा
बागलुङ, ८ असार । बागलुङ जिल्लाका विभिन्न ४८ सरकारी कार्यालयहरुको कुल बजेट मध्ये आर्थिक बर्ष ०७१÷७२ मा ४० प्रतिशत बजेट मात्रै खर्च गरेका छन् ।
कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका अनुसार आर्थिक बर्ष सकिनै लाग्दा पुँजीगत बजेटको ४० प्रतिशत रकम मात्र खर्च भएको छ । जिल्लाका विभिन्न सरकारी कार्यालयको पुंजीगत तर्फको कुल बजेट ९४ करोड ८१ लाख ४७ हजार एक सय ६० रुपैयाँमा मध्य सोमबार सम्म ३८ करोड ५५ लाख ८ हजार ८ सय ८४ रुपैया खर्च भएको छ ।
यस्तै चालुतर्फको २ अर्व ६१ करोड ११ लाख ७८ हजार ७ सय ९५ रुपैयाँमा २ अर्व ३० करोड ५२ लाख ६३ हजार ४ सय १७ रुपैया खर्च भएको छ ।
यसरी चालु बजेटको ८८.२८ प्रतिशत र पुंजीगत बजेटको ४०.६५ प्रतिशत बजेट खर्च भएको छ । समयमा अख्तियारी प्राप्त नहुने, बजेट ढिलो आउने र टेन्डर प्रक्रिया झन्झटिलो भएकाले पनि समयमा बजेट खर्च नहुने देखिएको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक तथा सूचना अधिकारी महादेव सापकोटाले बताउनुभयो ।
बजेट खर्च गर्नाका लागी धेरै समय नभएको हुँदा कुल बजेटको ६० प्रतिशत भन्दा बढी खर्च नहुने देखिएको सापकोटाले बताउनुभयो ।
जिल्ला विकास समितिको कार्यालय बागलुङले पुंजीगत बजेट १९ करोड ४९ लाख ७५ हजारमा १० करोड ६९ लाख २७ हजार ३ सय ९८ रुपैयाँ मात्र खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङले जनाएको छ । सडक डिभिजन कार्यालय बागलुङले पुँजीगत तर्फको २५ करोड ३६ लाख ७४ हजार रुपैयाँमा १ करोड ३४ लाख ३५ हजार ४ सय ३१ रुपैयाँ खर्च गरेको छ ।
यस्तै, भवन डिभिजन कार्यालय बागलुङले १६ करोड ४१ लाख ४७ हजार रुपैयाँमा जम्मा ६८ लाख २१ हजार ९५ रुपैया खर्च गरेको कोलेनिकाले जनाएको छ । यसरी अन्य विभिन्न सरकारी कार्यालयहरुले पनि चालु बजेट बढी खर्च गरेपनि पु“जीगत बजेट भने कम खर्च गरेका छन् ।















प्रतिक्रिया