४ कार्तिक २०८३, बुधबार

जबरजस्ती अवतरण गर्न खोज्दा काठमाडौंमा टर्किस एयरलाईन्सको विमान दुर्घटना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Turkis 3
फाइल तस्वीर

काठमाडौं, ८ असार । गत फागुन तेस्रो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धानवमार्गमा भएको टर्किस एयरलाइन्सको जहाज दुर्घटनाको कारण पाइलटले धावनमार्ग नै नदेखि अवतरण गर्नु भएको पाईको छ।

विहान पौने आठ बजे टर्किसको जहाज अवतरण गर्दा सामान्य अवस्थामा भन्दा कम भिजिविलिटि रहेकोले चालक दल सदस्यले पूर्ण विश्वस्त नभई जवरर्जस्ती अवतरण गर्दा दुर्घटना भएको प्रतिवेदनले देखाएको राजु बास्कोटाले अन्नपूर्ण पोष्टमा लेखेका छन् ।
दुई सय २४ यात्रु बोकेर टर्कीको इस्तानाबुलबाट काठमाडौं आएको टर्किसको ए ३३० जहाज अवतरणका क्रममा धावनमार्ग मै दुर्घटना भएको थियो।
यो दुर्घटनाको कारण चालक दलका सदस्यले उड्डयन नियम अनुसार पालना गर्नुपर्ने जहाज उडान प्रक्रियाको सम्पूर्ण नियम पूर्ण रूपले पालना नगरेको पनि प्रतिवेदनले देखाएको छ।
सरकारले गठन गरेको टर्किस एयरलाइन्स दुर्घटना जाँज आयोगको प्रारम्भिक प्रतिवेदनले जहाज जवरर्जस्ती अवतरण गरेको ठहर्‍याएको छ।
प्रतिवेदनले विहान पौने आठ वजे भएको यो जहाज दुर्घटनाको प्रमुख कारण चालकदलको कमजोरी, एक पटक अवतरण गर्न नसकेर फेरि प्रयास गरेको यो उडान दिल्ली डाइभर्ट गर्दा कम्पनीलाई पर्ने आर्थिक दायित्वको बोझले चालक दललाई पारेको दबावसमेत देखाएको छ।

प्रतिवेदनका अनुसार यो जहाज उडान गर्ने काठमाडौं विमानस्थलमा पहिलोपटक आरएनपी प्रविधिमार्फत जहाज अवतरण गराएका थिए। यो प्रविधिबाट यस अघि दुई पटक उनले अन्य विमानस्थलमा अवतरण गरिसकेको उल्लेख छ।

जहाज अवतरण गर्दाको समयमा तीन सय ४० फिट डिसिजन हाइट हुनुपर्नेमा ग्राउन्डलेभलबाट दुई सय ९४ फिटबाट मात्रै लिएको प्रतिवेदनले औल्याएको छ।
दोस्रो अप्रोचमा आठ सय ८० फिट उचाइबाट एटीसीले चालक दललाई धानवमार्ग देखिएको छ भनेर सोधेका दिए। त्यतिबेला पाइलटले धावनमार्ग देखिएको छैन भनेको पनि प्रतिवेदनमा उल्लेख छ।
जहाज अवतरण गर्दा धावनमार्ग नदेखिएला भनेर विमानस्थल टावरले धावनमार्गको लाइट पूर्ण क्षमतामा बालेको थियो।
 त्यति नै बेला जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि भिजिविलिटी बिग्रँदै गरेको बारेमा भने कुनै जानकारी जहाजलाई नगराएको उल्लेख छ।
 पाइलटले पनि यो विषयमा कुनै जानकारी नै नमागेको उल्लेख छ। दुर्घटना हुनुमा टावरका कर्मचारी एटीसीले गलत सूचना दिएकोक कारण दुर्घटना भएको भनेर त्यतिवेला भनिएपनि जहाज अवतरण गर्नमा पूर्ण सहयोग गरेको देखिएको प्राधिकरणकै एक उच्च अधिकारीले बताए।
प्रतिवेदनले पनि टावरको पूर्ण सहयोग देखाएको छ। प्राधिकरणका अनुसार जहाजको उडान डाटा रेकर्डर (एफडिआर) र ककपिट भ्वाइस रेकर्डर (सिभिआर) राम्रो अवस्थामा रहेकोले गलत सूचना प्रतिवेदनमा नभएको दाबी प्राधिरकरणको छ।
यो प्रतिवेदनले काठमाडौं उडान गर्नेको पाइलट योग्यताको मापदण्ड अद्यावधिक गर्न सुझाव दिएको छ।
पाइलटलाई विमान कम्पनीको सञ्चालन मापदण्ड पूर्ण रूपमा पालना गराउनु पर्ने, मेटोलोजिकल अफिसलाई भिजिबिलिटीबारे सम्पूर्ण जानकारी नियमित अद्यावधिक गराउनेसहितको प्राधिकरण र पर्यटन मन्त्रालयललाईसमेत सुझाव दिएको छ।
यो जहाजको दुर्घटना जाँच आयोगका सदस्यसचिव तथा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले यो प्रतिवेदनले देखाएको तथ्य भएको बताए।