काठमाडौं, ८ असार । पत्रकारलाई तलब नदिएर विवादमा तानिएको हिमालयन टेलिभिजनमा अर्को काण्ड मच्चिएको छ ।
सिआइबीको एसपीको नाममा मालिकलाई धम्क्याएको आरोपमा उक्त टेलिभिजनका एक पत्रकार चार दिनदेखि प्रहरीको हिरासतमा छन् ।
टेलिभिजनका मालिककै उजुरीका आधारमा सिआईबीले पत्रकार विश्वनाथ आचार्यलाई गत असार ४ गते पक्राउ गरेको हो ।
सिआईबीको नाममा नक्कली इमेल आइडी बनाएर आचार्यले टेलिभिजनका अध्यक्ष ललित अग्रवाल र सिईओ नारायण पुरीलाई धम्क्याएका थिए ।
आफू सिआईबीको एसपी किरण बज्राचार्य भएको भन्दै सिआईबीको नाममा इमेल आइडी बनाएर उनले धम्क्याएका थिए ।
‘तिमीहरुको सबै कर्तुत थाहा छ, अब तिमीहरु बच्न सक्दैनौं भन्दै सिआईबीको नाममा आचार्यले अग्रवाल र पुरीलाई धम्कीपूर्ण इमेल पठाएका थिए । तर, इमेलमा के कर्तुत भन्ने भने खुलाइएको थिएन, आजको दृष्टि साप्ताहिकमा खबर छ ।















प्रतिक्रिया