काठमाडौं, ८ असार । जीवनभर कमाएको रकम खर्चिएर अमेरिका हिँडेका व्यक्तिको प्रवेशाज्ञा (भिसा) बीच बाटोमा नक्कली ठहरियो भने कसको होस नउड्ला र ? यस्तै भयो बाग्लुङका गोपालप्रसाद सापकोटालाई ।
घरपरिवारसँग अमेरिका जान बिदा भएर हिँडेका उनी हङकङ विमानस्थलबाटै फर्कनुपर्यो । हङकङ अध्यागमनले सापकोटाको राहदानीमा लागेको अमेरिकाको भिसा नक्कली भएको भन्दै उनलाई फर्काइदिएको हो । त्यहाँ फर्काइएपछि उनी अध्यागमन विभागको हिरासतमा छन् ।
अमेरिका जान २६ लाख रुपैयाँ खर्चिएर लिएको भिसा नक्कली ठहरिएपछि उनी होसहवास उडेजस्तै भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन अधिकृतले उनको राहदानीमा सक्कली भिसा भन्दै पठाए पनि हङकङ विमानस्थलले नक्कली ठहराएको हो ।
नौ दिनदेखि अध्यागमन विभागको हिरासतमा रहेका सापकोटा छुट्नका लागि कानुनी लगाइँ लडिरहेका छन् । अध्यागमनका निर्देशक टेकराज ज्ञवालीले सापकोटाको फाइल अध्ययनकै क्रममा रहेको बताए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।















प्रतिक्रिया