४ कार्तिक २०८३, बुधबार

प्रचण्ड र बाबुरामबीच विवाद बढ्यो, एमाओवादी प्रशिक्षणमा बाबुराम पक्ष गएन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi-Prachanda-Baburam-Narayankajiकाठमाडौं, ८ असार । प्रमुख प्रतिपक्ष दल एकीकृत नेकपा माओवादी भित्र पुनः सांगठानिक बिबाद देखा पर्न सुरु गरेको छ। काठमाडौं जिल्ला कमिटीले सोमवार आयोजना गरेको राजनीतिक प्रशिक्षणमा बाबुराम भट्टराई पक्षधर नेता तथा कार्यकताले सहभागीता जनाएनन्।
संस्थापन पक्ष मात्रै सहभागी भएको उक्त कार्यक्रममा महासचिव कृष्णबहादुर महरा पुगेका थिए। एमाओवादी काठमाडौं जिल्ला समितिमा संस्थापन पक्षका हिमाल शर्मा र भट्टराई पक्षका महेन्द्र श्रेष्ठको नेतृत्वमा दुईवटा कमिटी सक्रिय रहदैँ आएका छन्। ‘आज उहाँहरुले प्रशिक्षण कार्यक्रम राख्नु भएको सुने तर हाम्लाई त्यसको कुनै खबर दिइएन,’ चितवनमा रहेका श्रेष्ठले नागरिकसँग भने, ‘उहाँहरुले आफै गर्नु भयो, आफ्नालाई मात्रै बोलाएर गर्नु भयो होला, मलाई थाहा भएन।’ शर्मा नेतृत्वको कमिटीले प्रशिक्षण कार्यक्रम राखेको बिहान मात्रै थाहा पाएको श्रेष्ठको भनाई छ।
तर, शर्माले भने निम्तो दिदाँ पनि श्रेष्ठसहित भट्टराई पक्षका नेताहरु उपस्थित नभएको बताएका छन्। ‘जिल्ला कमिटीमा रहेका सबैलाई प्रशिक्षणमा सहभागि हुन निम्तो गरिएको थियो, एकाध मान्छे आएनन, यो कुनै ठूलो समस्या होइन्’ शर्माले नागरिकसँग भने, ‘उनीहरु नआए पनि कार्यक्रम सफलतापुर्वक सम्पन्न भयो।’ उक्त प्रशिक्षण कार्यक्रममा पुगेका महासचिव महराले पार्टी केन्द्रले मान्यता दिएको शर्मा नेतृत्वको कमिटी बैद्यानिक रहेको बताएका छन्।
‘अब कुनै पनि गुट र समानान्तर समितिलाई पार्टी केन्द्रले चिन्दैन,’ महराले सो कार्यक्रम भने, ‘केन्द्रले यसैलाई मान्यता दिएको छ, यो नै आधिकारिक कमिटी हो।’ उनका अनुसार केन्द्रले कुन कुन आधिकारिक भन्ने कुरा छुटाई सकेको छ।
भुकम्प पछिको श्रम अभियानको समिक्षा तथा समसामायिक बिषयमा उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो। आजको नागरिक दैनिकमा समाचार छ ।